काठमाडौँ : रुपन्देही जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश दिएको छ। लामिछानेको निवेदनमाथि आज सुनुवाइ गर्दै न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उनलाई थुनामै पठाउने आदेश गरेको छ।
उनी सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि रुपन्देही कारागारमा छन्। उनले आफूलाई बिगो सकारेर थुनाबाहिरबाट मुद्दा लड्न पाउने गरी आदेशको माग गर्दै अदालतमा निवेदन दिएका थिए।

सोमबार सरकारीतर्फ उच्च सरकारी कार्यालयका सहन्यायाधीवक्ता सोमाकान्त भण्डारी, जिल्ला न्यायाधवक्तिा प्रेम पौडेल, सहायक जिल्ला न्यायाधिवक्ता हिरालाल भोलन, दामोदर गौतमले बहस गरेका थिए । भने लामिछानेकोतर्फबाट महेन्द्र पाण्डे, राजेन्द्र थापा, नारायण कंडेलले बहस गरेका थिए ।













