एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गतकाे खेलमा नेपाल उत्तर कोरियासँग ११-० ले पराजित भएको छ। भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा बलियो टिम उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गरेको हो।
यससँगै ९ अंक जोडेकाे उत्तर काेरिया समूह विजेता बन्दै अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू-२० महिला एसियन कपमा छनोट भएको छ। उत्तर कोरिया साविक विजेता समेत हो। उसले छनोटमा कूल ३६ गोल गर्दा कुनै गोल बेहोरेन।

प्रतियोगितामा नेपालले भुटानसँग १-१ को बराबरी खेलेको थियो भने साउदरी अरबलाई १ गोलले पराजित गरेको थियो।













