नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। मंगलबार बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
सोमबार नेपाली कांग्रेसको ३७ र नेकपा एमालेको २७ सांसदको समर्थन सहित मुख्यमन्त्रीको लागि दाबी पेस गरेका बानियाँलाई आज प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।














