ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले रोजगारी सिर्जना र आत्मनिर्भरता सीपमूलक तालिमबाटै सम्भव रहेको बताएका छन् । सङ्खुवासभालाई जलविद्युत्को केन्द्रका रूपमा विकसित गर्न स्थानीय जनशक्तिलाई सीपयुक्त बनाउनुपर्ने पनि उनले बताए ।
खाँदबारी नगरपालिका–१ मा पावर हाउस सञ्चालन तथा मर्मतसम्भारसम्बन्धी २० दिने तालिमको उद्घाटन समारोहमा आज उनले अरुण तेस्रो, अपर अरुण, लोअर अरुण, अरुण चौथोजस्ता बहुचर्चित आयोजना निर्माणको चरणमा रहेकाले यिनको यसबाट स्थानीय युवाले लाभ लिनुपर्ने बताए ।

आयोजनाको दीर्घकालीन लाभ र सफलताका लागि प्राविधिक सीप हासिल गरेका स्थानीय युवाको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने बताए ।
सीप विकास रोजगारीको आधार मात्रै होइन, आर्थिक सबलीकरण र आत्मनिर्भरताको ढोका पनि हो’, उनले भने ।













