नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा नफर्किन सुझाव दिएका छन् ।
बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता कोइरालाले पूर्वराष्ट्रपति भण्डारीलाई फेरि राजनीतिमा सक्रिय नहुन सुझाव दिएका हुन् । ‘राष्ट्रपति भइसकेको मान्छे पुन: राजनीतिमा सक्रिय हुनुहुँदैन । संविधानमा जेसुकै कुरा उल्लेख भए पनि राष्ट्रपति भइसकेको मान्छे राजनीतिमा फर्किनु हुँदैन।

नेता कोइरालाले पूर्वराष्ट्रपति भण्डारीसँगको भेटमा पनि आफूले राजनीतिमा नफर्किन सुझाव दिएको बताए । ‘केही समयअघि पूर्वराष्ट्रपति भण्डारीजीसँग मेरो कुराकानी भएको थियो । उक्त भेटमा मैले राजनीतिमा नफर्किँदा राम्रो हुन्छ भनेर सुझाव दिएको थिएँ, ।













