नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले कानुन बनाउँदा सेवा स्तरलाई सुधार गर्ने गरी बनाइनुपर्ने बताएका छन् ।
समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सदस्यहरूसँग छलफल भएको थियो । उनले विमानस्थल सुधारका लागि कानुनहरू बनाइँदा संस्थागत सुधार र सेवा स्तरको सुधारमा विशेष जोड दिनुपर्ने बताए ।

अलग अलग संरचनाको परिकल्पना गर्ने तर सेवाको स्तर पुरानै भएको खण्डमा छुट्टै संरचनाको महत्त्व नरहने बताए । कानुनले निजी क्षेत्र र वैदेशिक लगानीलाई आकर्षित गर्दै अघि बढ्न सक्नुपर्ने बताए ।













