काठमाडौं: देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभरको मौसम सामान्यतः बदली रहनेछ। विशेषगरी गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैगरी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्क रहन आग्रह गरिएको छ।













