प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा को कतिबेला जेल पर्छ भन्न नसकिने बताएका छन्।
आइतबार बालुवाटारमा बिपी कोईराला राष्ट्रिय पुरस्कार २०८१ बारे आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले राजनीतिमा को कतिबेला जेल पर्छ भन्न नसकिने भन्दै पूर्वाग्रह, प्रतिशोधले पनि जेलमा राख्ने गरिएको बताए।
सरकारी राज्यका निकायहरू छोडेर आफ्ना खुसीले अह्राएका मान्छेले मुद्दा लगाउने, फसाउने काम भएको उनले बताए।













