स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस नेता डा. शेखर कोइरालाबीच केपी ओली नेतृत्वको विकल्प खोज्ने गरी छलफल अघि बढेको दाबी गरेका छन्।
शेखरसँगै हिजो प्रचण्ड भेट्न खुमलटार पुगेका नेता सिंहले नयाँ ध्रुवीकरणको गृहकार्य अघि बढिरहेको जिकिर गरे। उनले नेपाल प्रेससँग भने, ‘देशमा अहिले नयाँ ध्रुवीकरणको आवश्यकता छ। त्यो बुझेर नै नयाँ ध्रुवीकरण भइरहेको छ।’














