पूर्वराष्ट्रपति एवं एमाले नेतृ विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्था अनुसार संसद् विघटन गरेको बताएकी छन्। उनले यसमा आफूलाई कुनै दबाब नरहेको बताउँदै सरकारको निर्णय कार्यान्वयन गरेको प्रस्ट्याएकी छन्।
मदन भण्डारी फाउण्डेशनले काठमाडौँमा मंगलवार गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको जिज्ञासा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन्। उनले आफूले मन्त्रिपरिषद्ले निर्णय गरेको कुरालाई कार्यान्वयन गरेको र कुनै दबाब नरहेको स्पष्ट पारिन्।

देशलाई के गर्दा निकास मिल्छ, कस्तो काम कुन वेला गर्ने भन्ने कुरा छलफलको विषय हुनसक्ने बताइन्। आफूले संवैधानिक विधि व्यवस्थानुसार मन्त्रिपरिषद्बाट आएको निर्णय कार्यान्वयन गरेको बताइन्।













