काठमाडौंको काडाघारीस्थित बिरेन्द्रचोकमा रहेको गोठाटार तेक्वान्दो डोजाङले २०८२ सालको गुरुपूर्णिमा भव्य रूपमा मनाएको छ।
डोजाङका संस्थापक तथा खेलाडी प्रेमबहादुर भण्डारीका अनुसार कार्यक्रममा प्रशिक्षकहरूलाई सम्मान, तेक्वान्दो प्रदर्शन र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रमले गुरु-शिष्य परम्पराको सम्मान गर्दै खेलकला मार्फत अनुशासन र संस्कारको प्रवर्द्धनमा टेवा पु¥याएको र यस्ता कार्यक्रमले अनुशासन, संस्कार र गुरुप्रतिको सम्मान बढाउने भण्डारीले बताउनुभयो।
खेलाडी, अभिभावक र स्थानीयको सक्रिय सहभागिताले कार्यक्रम अझ उत्साहपूर्ण बनेको थियो।













