मलेसियामा भइरहेको एसिसी मेन्स यू-१६ इस्ट जोन कप २०२५ अन्तर्गत नेपालले समूहका सबै खेल जितेर विजेताको रुपमा चारमा पुगेको छ।
समूह ‘ए’ को अन्तिम खेलमा नेपालले भुटानलाई २९८ रनले पराजित गरेको हो। यससँगै नेपालले समूह चरणमा चारै खेलमा जित निकाल्यो।

यसअघि नेपालले सिंगापुर, जापान र इन्डोनेसियालाई पराजित गरेको थियो।
नेपालले दिएको ३५९ रनको लक्ष्य पछ्याएको भुटानले ३२.४ ओभरमा ६० रन मात्र बनाउन सक्यो।
उसका लागि छेसाङ दाबाले सबैभन्दा बढी १४ रन बनाए।













