नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विधेयकहरू समितिबाट पारित हुने विधेयकहरू सरकारले सदनबाट पारित गर्न ढिला गर्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
बुधबार राज्य व्यवस्था समितिको बैठकमा प्रहरी विधेयकमाथिको छलफलमा सहभागी हुँदै उनले समितिबाट पारित गरिसकेका विधेयकलाई अनावश्यक रूपमा ढिलाइ हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन्।

उनले प्रहरी विधेयकसँगै संघीय निजामती ऐन, विद्यालय शिक्षा विधेयकहरू पनि महत्वपूर्ण रहेको बताए।













