पक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ ।
सोमबार प्रतिनिधसभा बैठक सुरु हुनासाथ नाराबाजी गर्दै रास्वपा सांसदहरूले बैठक बहिष्कार गरेका हुन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै रास्वपाले १३ जेठयता संसदमा निरन्तर विरोध गर्दै आएको थियो ।














