रास्वपाको तेस्रो स्थापना दिवसमा बालग्रामका ३६ बालबालिकालाई स्कुल ब्याग वितरण

चौतारा, सिन्धुपाल्चोक-राष्ट्रिय स्वतन्त्र पार्टीको तेस्रो स्थापना दिवसको अवसरमा सिन्धुपाल्चोक जिल्ला सभापति माया गुरुङ र चौतारा साँगाचोकगढी नगर संयोजक सरोजा श्रेष्ठको संयोजनमा सहिद स्मृति आवासीय बालग्रामका ३६ बालबालिकालाई स्कुल ब्याग वितरण गरिएको छ।

समाजिक उत्तरदायित्वअन्तर्गत आयोजित कार्यक्रममा रास्वपाका स्थानीय नेता, कार्यकर्ता तथा समाजसेवीहरूको सहभागिता रहेको थियो। संयोजक श्रेष्ठले सामाजिक सेवामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै बालबालिकाको उज्यालो भविष्यका लागि सहयोग गर्न पाउनु गौरवको विषय भएको बताइन्। जिल्लाध्यक्ष गुरुङले यस्ता सहयोगबाट बालबालिकामा सकारात्मक ऊर्जा उत्पन्न हुने विश्वास व्यक्त गरे।

बालग्राममा रहेका अभिभावकविहीन तथा असहाय बालबालिकाको शैक्षिक वातावरण सुदृढ बनाउन यो सहयोग प्रेरणादायी भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर