नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले रिटर्नीहरू (विदेशबाट फर्किएका नागरिक) प्रति राज्यले अपेक्षित सम्मान र सहयोग नदेखाएको बताएका छन्।
‘राज्यले रिटर्नीहरुलाई जुनस्तरको महत्व दिनुपर्ने र रिटर्नीको भावनालाई कदर गर्नुपर्ने हो त्यस्तो भएको छैन । तर हाम्रो पार्टी र हाम्रो पार्टीको नेतृत्वको सरकार भएको बेलामा हामीले राज्यको नीति कार्यक्रममा पनि र बजेट बत्तलव्यमा पनि रिटर्नी सेन्टर र रिटर्नीहरुलाई विशेष महत्व दिनुपर्छ भनेर नै रिटर्नी उद्यमशीलता कार्यक्रम भनेर एउटा प्याकेजमा नै कार्यक्रम अगाडि सार्ने हामीले जमर्को गर्यौं।

अध्यक्ष प्रचण्डले माओवादी नेतृत्वको सरकार हुँदा यो क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए।
‘उहाँहरुले राज्यलाई गर्न खोज्नुभएको योगदानमा सहजिकरण पनि गर्नुपर्दछ भन्नेमा हामी क्लियर थियौँ । अहिले पनि स्पष्ट छौं । तर दुर्भाग्य के भयो भने हामीले छुट्याएको रकम पनि हामी सरकारबाट बाहिर गएपछि अन्यत्रै त्यो बजेट लगिएको भन्ने हामीले थाहा पाएका छौं।













