काठमाडौं — पतञ्जली प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित मुद्दा परेका सुर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाको पद निलम्बन नहुने भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध जग्गा जफतको प्रयोजनका लागि मात्र मुद्दा दायर भएकाले पद निलम्बनको अवस्था नरहेको स्पष्ट पारेको हो।
यसअघि ललिता निवास प्रकरणमा पनि सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको नाममा रहेको जग्गा जफतको लागि मात्र मुद्दा दर्ता गरिएको थियो, जुन नजिरका रूपमा प्रस्तुत गरिएको छ।

थापाविरुद्ध भ्रष्टाचार ऐन अनुसार कुनै व्यक्तिगत लाभ वा अनियमितताको आरोप नरहेको अख्तियार स्रोतले जनाएको छ।








