काठमाडौंको तीनकुने आन्दोलनको घटनामा पक्राउ परेका दुर्गा प्रसाईं सहित २६ लाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईंसहित २६ जनामाथि अनुसन्धान गर्न थप ४ दिनको अनुमति दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

आइतबार इजलासमा बहस नभएको र म्याद थप मात्रै भएको उनले बताए।
प्रहरीले उनीहरूमाथि राज्यविरूद्धको कसुर र संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ। संगठित अपराध कसुरमा ६० दिनसम्म प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ।













