टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध १७ वर्ष कैद सजाय मागदाबी

नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार एक सय ८२ रुपैयाँ भ्रष्टाचार भएको भन्दै सोबराबरको बिगो कायम गरी बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

उनीविरुद्ध दफा २४ को अभियोग पनि लिइएको छ। जसमा राष्ट्रपतिबाट नियुक्त हुने पदाधिकारीलाई थप तीन वर्ष कैद सजाय हुने प्रावधान छ । जसअनुसार उनीविरुद्ध तीन अर्ब २१ करोड जरिवाना १७ वर्षसम्म कैद सजाय माग गरिएको छ। उनीसहित १६ जनाविरुद्ध आयोगले मुद्दा दायर गरेको हो।

उता भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको सांसद पद स्वतः निलम्बनमा परेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर