वाईसिएल नेपाल, सिन्धुपाल्चोकको पाँचौँ जिल्ला सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। सम्मेलनले नयाँ कार्यसमिति चयन गर्दै कमरेड दुर्गा काफ्ले (सुमित)लाई जिल्ला अध्यक्षको जिम्मेवारी दिएको छ।
नव-निर्वाचित कार्यसमितिमा तीन उपाध्यक्षहरूमा क्रमशः कमरेड प्रकाश घिमिरे, राजेन्द्र सिलवाल र मेनुका कटुवाल चयन भएका छन्। त्यस्तै, सचिवमा कमरेड मिलन लामा निर्वाचित भएका छन् भने सहसचिवहरूमा लक्ष्मण श्रेष्ठ, नरेश रोक्का, विश्वराम गुरागाईं, विशाल तामाङ, सन्तोषी कार्की र शिवशरण पुरी चयन भएका छन्।

कोषाध्यक्षको जिम्मेवारी भने कमरेड सुरेन्द्र श्रेष्ठले पाएका छन्।
सम्मेलनले नयाँ जोश, उत्साह र जिम्मेवारीका साथ संगठनलाई अझ सशक्त र गतिशील बनाउने प्रतिबद्धता जनाएकाे छ। नव-निर्वाचित सम्पूर्ण पदाधिकारी तथा कार्यसमितिलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
यस्तो छ सम्मेलनबाट नव-निर्वाचित कार्यसमिति:
अध्यक्ष – दुर्गा काफ्ले (सुमित)
उपाध्यक्ष – प्रकाश घिमिरे
उपाध्यक्ष – राजेन्द्र सिलवाल
उपाध्यक्ष – मेनुका कटुवाल
सचिव – मिलन लामा
सह सचिव – लक्ष्मण श्रेष्ठ
सह सचिव – नरेश रोक्का
सह सचिव – विश्वराम गुरागाई
सह सचिव – विशाल तामाङ
सह सचिव – सन्तोषी कार्की
सह सचिव – शिवशरण पुरी
कोषाध्यक्ष -सुरेन्द्र श्रेष्ठ
















