शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा एमालेका रघुजी पन्त नियुक्त हुने भएका छन् ।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका हुन् । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार राष्ट्रपति पौडेलले पन्तलाई आजै शिक्षामन्त्रीमा नियुक्त गर्नेछन् ।

पन्तको शपथ भने बिहीबार मात्रै हुनेछ ।













