उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुर क्रिकेट मैदानको अनुगमन

काठमाडौं-उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिट र फ्लडलाइट जडान कार्यको आकस्मिक अनुगमन गर्नुभएको छ।

बिहीबार झरीका बीच मैदानको स्थलगत निरीक्षण गर्न पुगेका सिंहले निर्धारित समयभित्रै प्यारापिट निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो। निरीक्षणका क्रममा ठेकेदार कम्पनीका प्रतिनिधिहरूले निर्माणको प्रगति विवरण प्रस्तुत गरेका थिए।

उपप्रधानमन्त्री सिंहले आगामी वैशाख २४ गतेभित्र कार्य सम्पन्न गर्ने लक्ष्यसहित तीन सिफ्टमा तीव्र गतिमा काम अघि बढिरहेको जानकारी दिनुभयो। आवश्यकता अनुसार जनशक्ति थपेर पनि काम समयमा सम्पन्न गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

कीर्तिपुर मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार १० हजार दर्शक अट्ने प्यारापिट निर्माण र आधुनिक फ्लडलाइट जडानको उद्देश्यले २०८१ साल फागुनमा निर्माण सम्झौता भएको हो। सिंहले मैदानको समयमै स्तरोन्नति भएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलका लागि तयार हुने अपेक्षा पनि व्यक्त गर्नुभयो।

प्रतिक्रिया
सम्बन्धित खवर