सिन्धुपाल्चोक — बेलफी गाउँपालिकाको आयोजनामा सम्पन्न यु-१३ वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि बाह्रदेवी युवा क्लबले आफ्नो नाममा गर्न सफल भएको छ।
सिन्धुपाल्चोकको लामोसाघुस्थित बसन्तपुर खेलमैदानमा आयोजित फाइनल खेलमा बाह्रदेवी युवा क्लबले सिन्धु एफ.सीलाई २-० गोल अन्तरले पराजित गर्दै उपाधि उचाल्यो। उत्कृष्ट खेल प्रदर्शन गर्दै च्याम्पियन बनेको बाह्रदेवी युवा क्लबले नगद रु ३०,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेता बनेको सिन्धु एफ.सीले भने नगद रु १५,००० सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।

प्रतियोगिताको समापन कार्यक्रम बेलफी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष रमेश कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि बेलफी गाउँपालिकाका अध्यक्ष गंगाराम तामाङ तथा विशेष अतिथि सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेत रहनुभएको थियो।
प्रतियोगिताले स्थानीय स्तरमा बालबालिकाबीच खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै आपसी भाइचारा तथा सहकार्यलाई प्रोत्साहन गरेको आयोजकले जनाएका छन्।

















