काठमाडौं – तारकेश्वर-५, अर्यालटारस्थित सेन्ट जेभियर्स विद्या मन्दिर विद्यालयले आफ्नो आठौं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रममा विद्यार्थीहरूले मन्तव्य, सामूहिक नृत्य, गीत, नाटक जस्ता प्रस्तुति दिएका थिए। चर्चित हास्यकलाकार राजा राजेन्द्र ले आफ्नो प्रस्तुति मार्फत दर्शकहरूको मन जित्न सफल भए।

विद्यालयले खेलकुद सप्ताह तथा विभिन्न प्रतियोगिताहरूको विजयी विद्यार्थीहरूलाई सिल्ड, मेडल, र प्रमाणपत्र द्वारा सम्मानित गर्यो।
विद्यालयका संस्थापक प्रधानाध्यापक अविनाश उप्रेती ले विद्यालयले भौतिक, शैक्षिक गुणस्तर, र अतिरिक्त क्रियाकलापमा सुधार गर्दै आएको बताउँदै, विद्यार्थीहरू उत्कृष्ट नतिजा ल्याउन सफल भइरहेको उल्लेख गरे।
करिब १,८०० अभिभावक, विद्यार्थी र स्थानीयवासी सहभागी रहेको यस कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।













