सिन्धुपाल्चोक – जलबिरे भ्याली क्याम्पसमा अखिल क्रान्तिकारीले अनेरास्ववियु र नेविसंघ गठबन्धनलाई पराजित गर्दै प्यानल नै विजयी बनाएको छ। क्याम्पसको स्ववियू सभापतिमा क्रान्तिकारीका अशोक ढुंगाना निर्वाचित भएका छन्। निर्वाचन मंगलबार सम्पन्न भएको थियो।
मेलम्ची भ्याली क्याम्पसमा पनि सत्ता गठबन्धन (नेविसंघ र अनेरास्ववियु) को साझा उम्मेदवारलाई पराजित गर्दै अखिल क्रान्तिकारीका उम्मेदवार राजन गिरी ७३ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी गठबन्धनका रोशन गिरीले ४० मत मात्रै प्राप्त गरे।

अरनिको कलेज बाह्रबिसेमा भने सत्ता गठबन्धनका तर्फबाट नेविसंघका तुसार श्रेष्ठ सभापतिमा निर्वाचित भएका छन्।आठ क्याम्पसमा निर्विरोध स्ववियु चयन जिल्लाका १२ सामुदायिक क्याम्पसमध्ये आठ क्याम्पसमा स्ववियु निर्विरोध चयन भएको छ। सुनकोशी क्याम्पस, ककलिङ, ठोकर्पा, जुगल, मेलम्ची भ्याली, इन्द्रावती, सिन्धुभ्याली र अभयानन्द क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भएको छ।
निर्विरोध भएका क्याम्पसमध्ये ककलिङमा नेविसंघ, जुगलमा अखिल क्रान्तिकारी, भने अन्य क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार सभापतिमा निर्वाचित भएका छन्।













