काठमाडौं, १९ फागुन – त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि आज संघ/संगठन दर्ता हुँदै छ। आगामी ५ चैतमा हुने मतदानका लागि अपराह्न ३ बजेसम्म दर्ता प्रक्रिया चल्नेछ।
निर्वाचन कार्यतालिका अनुसार २१ फागुनमा मतदाता सूची प्रकाशित हुनेछ भने २५ फागुनमा दाबी-विरोधका लागि समय दिइएको छ। उम्मेदवार मनोनयन २७ फागुनमा दर्ता गरी २९ फागुनमा अन्तिम नामावली सार्वजनिक हुनेछ।

५ चैतमा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ।








