काठमाडौं । शहिद मान बहादुर स्मृति प्रतिष्ठानको आयोजनामा दक्षिणकाली नगरपालिकामा शुक्रबारदेखि “शहिद मान बहादुर स्मृति कप २०८१” फुटबल प्रतियोगिता सुरू भएको छ।
नगरपालिकास्तरीय 9A Side फुटबल लिग कम नक आउट टुर्नामेन्ट का रूपमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत ले गर्नुभएको हो।

प्रतियोगितामा दक्षिणकाली नगरपालिकाका विभिन्न वडाहरूका फुटबल टिमहरूको सहभागिता रहेको छ।जस अन्र्तगत आज भएको उद्घाटन खेलमा वडा नं. ५ ले वडा नं. ४ लाइ ९ गोल गरि अग्रता कायम गरेको छ।
खेल संयोजकका अनुसार प्रतियोगिताले स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्दै फुटबलको प्रवर्द्धनमा टेवा पुर्याउने लक्ष्य राखिएको छ।
उद्घाटन समारोहमा नगर प्रमुख बस्नेतले खेलकुदको विकासले समाजमा सकारात्मक ऊर्जा प्रवाहित गर्ने बताउँदै, आगामी दिनमा यस्ता प्रतियोगिताहरूलाई नगरपालिकाले थप प्रवर्द्धन गर्ने प्रतिवद्धता जनाउनुभयो।
प्रतियोगिता सञ्चालनका लागि प्रतिष्ठानले स्थानीय खेलप्रेमी, नगरपालिकाको सहयोग तथा विभिन्न प्रायोजकहरूको सहकार्य रहेको जनाएको छ। प्रतियोगिताका उत्कृष्ट टिम तथा खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिने आयोजक समितिले जानकारी दिएको छ।
प्रतियोगिता आगामी केही दिनसम्म सञ्चालन हुनेछ, जसमा स्थानीय युवा खेलाडीहरूबीच प्रतिस्पर्धा हुने छ। आयोजक तथा स्थानीयवासीले प्रतियोगिताले दक्षिणकाली क्षेत्रका खेल गतिविधिहरूलाई थप गति दिने विश्वास व्यक्त गरेका छन्।













