कानूनको रक्षक हुनुपर्ने सरकार आफैं भक्षक भयो : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कानूनको रक्षक हुनुपर्ने सरकार आफैं भक्षक हुन पुगेको बताएका छन् ।

समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई आइतबार सम्बोधन गर्दै उनले संसदको समितिमा विचाराधिन भएका विधेयकहरु फिर्ता नलिएसम्म अध्यादेश जारी गर्न नपाइने बताएका हुन् ।

उनले भने,‘ दुई पार्टी सत्तामा छन्, उनीहरुमा दम्भ सवार भएको छ । त्यो दम्भ सवार भएकाले संविधान, कानून, सबै जे पनि मिच्न सकिन्छ भन्ने मान्यता विकास भएको छ । कतिपयलाई मूर्ख बनाउन सकिन्छ भनेर मूर्ख बनाउने काम पनि विगतमा गरेका छन् । तर असत्य धेरै दिन टिक्दैन । सबैलाई थाहा छ । संसदको समितिमा विचाराधिन भएका विधेयकहरु फिर्ता नलिएसम्म अध्यादेश जारी गर्न पाइँदैन । कानूनको खुलेआम

उनले भने,‘संसदको नियमित अधिवेशनमा कानूनमा सुधार गर्नुछ भने त्यसको प्रक्रियाबाट जानुपर्नेमा संसद नै छलेर संसदको बैठक अधिवेशन बोलाउनुपर्ने बेलामा त्यसलाई छलेर जसरी अध्यादेश ल्याउने काम भएको छ । यसका पछाडि राम्रो नियत देखिदैन ।’

उनले पार्टीबाट जानेहरु घर न घाटको भएको भन्दै समय मिलाएर कसैले थाहा नपाउने गरी भेट्ने कुरा भएको पनि बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर