काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आफ्नो संगठन भित्र नयाँ कार्यविभाजन गरेको छ। सोही अनुरुप वन, वातावरण तथा जलवायु विभागको प्रमुखको जिम्मेवारी माननीय माधव सापकोटा ‘सुबोध’ लाई प्रदान गरिएको छ।
यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइ विभागको उप-प्रमुख का रूपमा माननीय युवराज दुलाल ‘शरद’ लाई जिम्मेवारी दिइएको छ। माओवादी केन्द्रको नवगठित कार्यसमितिले आफ्नो संगठनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन विभागीय नेतृत्व तोक्दै आएको छ।

पार्टीभित्र अनुभवी नेता तथा कार्यकर्तालाई प्रभावकारी जिम्मेवारी दिने नीति अनुरूप सापकोटा र दुलाललाई महत्वपूर्ण जिम्मेवारी दिइएको हो। यस निर्णयले सम्बन्धित क्षेत्रको नीति निर्माण, कार्यान्वयन तथा समग्र विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।













