बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य बढेको छ।

अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला चार सय रूपैयाँ घटेको सुनको मूल्य शुक्रबार प्रतितोला एक हजार रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर