बागमती प्रदेशको अध्यक्ष सरल सहयात्रीले केटाकेटी भन्दै नहेप्न नेताहरूलाई आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेशको अध्यक्ष सरल सहयात्रीले केटाकेटी भन्दै नहेप्न नेताहरूलाई आग्रह गरेका छन् ।

‘आफूले बनाएको संगठन र आफूले गाइड गरेर तयार पारेका कमरेडहरुलाई भतिज/भतिजी, भाइ/बहिनी र केटा/केटी भन्दै हर क्षण हेपेर तथा ‘केही गर्न सक्ने छैनन्’ भन्ने परिकल्पित आरोपहरु क्षण क्षणमा प्रस्तुत गरेर कोही कसैको परिपक्वता स्थापित हुदैन’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

पार्टी र संगठन सबैको साझा मिहिनेत, सामुहिक प्रयास र संयमपूर्वक त्याग र बलिदानले निर्माण भएको उनको भनाइ छ । अहिले रहेका नेताहरू नरहँदा पनि भविष्यमा माओवादी बिरासत बोकेर हिँड्नुपर्ने अवस्था ख्याल गर्न उनको आग्रह छ ।

नयाँ पुस्तालाई विश्वास गथर्न आग्रह गर्दा पौडेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वर्षमान पुन र जनार्दन शर्मालाई समेत सम्झिएका छन् ।

उनी अगाडि लेख्छन्, ‘३३ वर्षमा महासचिव भएका प्रचण्ड ,२६ वर्षमा पिबिएम भएका वर्षमान पुन, २५ वर्षमा प्रतिनिधि सभा सदस्यको चुनाव लडेका जनार्दन शर्मा, २० वर्षमुनि जनयुद्धको कमाण्ड गरेका र लडेका हजारौं योद्धा एवं ३०० भन्दा धेरै ३० वर्षमुनि संविधान सभा सदस्यका लागि चुनाव लडेका त्यो जेनेरेसनले बनाएको पार्टी हो ।’

‘आफ्नो लागि अगाडी स‍म्भावनाका प्रसस्त बाटोहरू छन्,आत्मबिश्वास राख्नुहोस । पछाडिका पुस्ता झनधेरै सक्षम हुन्छन् भरोषा राख्नुहोस’,  ‘चलिरहेको पार्टी केन्द्रीय समिति बैठकले सबैका बारेमा उपयुक्त निर्णय गर्नुपर्छ विश्वास राख्नुहोस ।’

प्रतिक्रिया
सम्बन्धित खवर