मनिषा घोरासैनीको “धानको बाला हजुर” सार्वजनिक

दिनेश भण्डारी –सानै उमेर देखि लोक गीत क्षेत्रमा रम्दै रमाउँदै आउनुभएका गायिका मध्यको एक हुन् मनिषा घोरासैनी छोटो समय र छिटो लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाई गीत संगीत क्षेत्रको धरोहर बन्दै गरेको गायिका हुन् मनिषा घोरासैनी । बजारमा गीतसंगीतहरू धेरै नै ल्याइरहेका छन्। एकपछि अर्को गर्दै गीत संगीतलाई अगाडि बढाउँदै आफ्नो चर्चा बटुल्दै गीत संगीत क्षेत्रमा रहेका छन् ।

पछिल्लो समय गीतसंगीत एकपछि अर्को गर्दै बजारमा आउने क्रम चलिरहेको छ। यही समयमा मनिषा घोरासैनीको प्रस्तुतिमा “धानको बाला हजुर” एल्बम भर्खरै मात्र बजारमा सार्वजनिक भएको छ। सार्वजनिक भए लगत्तै उक्त गीत सामाजिक सञ्जाल मा चर्चा बटुल्दै धेरै दर्शक को मन मस्तिष्क मा बस्न सफल भएको देखिन्छ।

उक्त गीत मा मनिषा घोरासैनी र प्रताव दाष को समाधान आवाजमा सुन्न सकिन्छ भने गायिका घोरासैनी को शब्द र नमराज घोरासैनी को मन लोभ्याउने संगीत रहेको छ । सोहि शब्द संगीत लाई आर के मिलनको म्युजिक एरेन्ज गरेका छन् ।

पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा निकै व्यस्त रहेका चर्चित नाम हो निरन श्रेष्ठ। श्रेष्ठ ले धेरै म्युजिक भिडियो निर्देशन गरिसकेका छन् भने मनिषा घोरासैनीको धानको बाला हजुर पनि निर्देशन गरेका छन्। बिना राउत र नितिन तामाङको आकर्षक म्युजिक भिडियो फिचरिङ क्षेत्र रहेको भिडियो चक्रबहादुर बरालले छायांकन गरेका छन् भने विष्णु खड्काले सम्पादन गरेका छन्।

नमराज घोरासैनी नामक युट्युब च्यानल मार्फत उक्त गीत बजारमा सार्वजनिक गरिएको छ । पुरा भिडियो हेर्नुहोस्।

प्रतिक्रिया
सम्बन्धित खवर