सुन–चाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य स्थिर रहेको छ।

अघिल्लो दिन अर्थात् बुधबार प्रतितोला दुई हजार रूपैयाँ बढेको सुनको भाउ यसदिन स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५४ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार चाँदीको मूल्य पनि स्थिर रहेको छ।

बुधबार प्रतितोला एक हजार नौ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय १३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर