रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागिआज अदालत लगिँदै

काठमाडौं : सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आइतबार अदालत लगिँदै छ।

तेस्रोपटक थपिएको म्याद शनिबार सकिएसँगै आइतबार अदालत उपस्थित गराउन लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्तकुमार शर्माले जानकारी दिए। यसअघि शुरुमा ६, त्यसपछि ७ र तेस्रोपटक १० दिन म्याद थपिएको थियो।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ। आइतबार म्याद थप भएमा उनलाई रूपन्देही लैजाने तयारी छ । रूपन्देहीको बुटवलमा रहेको सुप्रिम सहकारीको बचत रकम अपचलनबारे उनलाई पक्राउ पुर्जी जारी भइसकेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर