रास्वपाले तोक्यो सातै प्रदेशमा ‘कमाण्डर’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उपनिर्वाचनको लागि सात प्रदेशमा सात नेतालाई जिम्मेवारी दिएको छ ।

केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले सात नेतालाई प्रदेशगत जिम्मेवारी तोकेको हो ।

कोशीमा निशा डाँगी, मधेशमा डा. चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार, लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदूरपश्चिम विष्णुकुमार श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

रास्वपाको केन्द्रीय निर्वाचन संयोजन समितिले उपनिर्वाचनमा कार्तिक २२ गतेदेखि २९ गतेसम्म उम्मेदवार चयनको प्रक्रिया संचालन गर्ने भएको छ ।

स्थानीय तह उपनिर्वाचनका लागि मंसिर १६ गते उपनिर्वाचन हुँदैछ। स्थानीय तहको चुनावमा रास्वपा पहिलो पटक सहभागी हुन लागेको हो।

प्रतिक्रिया
सम्बन्धित खवर