सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, हालसम्मकै उच्च

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

आज सुन प्रतितोला एक लाख ६७ हजार चार सय रूपैयाँ पुगेको छ।

चाँदीको मूल्य प्रतितोला दुई हजार ८५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

प्रतिक्रिया
सम्बन्धित खवर