रास्वपाले आजबाटै काठमाडौंमा प्रदर्शन गर्ने, माइतीघरमा भेला हुन कार्यकर्तालाई आह्वान

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गर्ने भएको छ।

पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरी कास्की लगेदेखि नै रास्वपाले पोखरामा दिनुहँ प्रदर्शन गर्दै आएको थियो। सहकारी ठगीको आरोपमा लामिछानेलाई गत शुक्रबार काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो।

कास्कीको मात्रै आन्दोलनले खासै उपलब्धि नहुने र त्यहाँ सहकारी पीडितबाटै घेरिन थालेपछि रास्वपाका नेता कार्यकर्ता केन्द्रबाटै दबाव दिन भन्दै काठमाडौं केन्द्रित हुन थालेका हुन्।

सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको भन्दै रास्वपाले आज दिउँसो १ बजेदेखि काठमाडौंको माइतिघर मण्डलामा प्रर्दशन गर्ने जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर