लुम्बिनीमा थपिए तीन नयाँ मन्त्री

लुम्बिनी प्रदेशमा तीनजना नयाँ मन्त्री थपिएका छन् ।मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीपरिषद् पुनर्गठन गरेको बारेमा प्रदेश प्रमुखलाई जानकारी दिदै सिफारिस गरेका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेका ५६ प्रदेशसभा सदस्यको समर्थनमा साउन ७ गते मुख्यमन्त्री बनेका मुख्यमन्त्री आचार्यले नेपाली कांग्रेसको तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवार तथा जनता समाजवादी पार्टिबाट बाँकेका आदेशकुमार अग्रवाललाई मन्त्रीको रुपमा सिफारिस गरेका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले जानकारी दिए।

साना दुई दलबाट एक एक जनालाई मन्त्री बनाउने भनिए पनि साना दलबाट एक जनालाई मात्रै मन्त्री बनाइएको छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित खवर