सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, प्रतितोला मूल्य कति?

नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

गत बुधबारदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यले यस दिन पनि निरन्तरता दिएको हो।लगातार सातौँ दिन पनि सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको हो।

आज सुन प्रतितोला एक लाख ६६ हजार सात सय रूपैयाँ पुगेको छ।यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला आठ सय रूपैयाँ बढी हो।

चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय ३५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर