रवि लामिछानेलाई आइतबार अदालत उपस्थित गराइने

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई आइतबार अदालत उपस्थित गराइने भएको छ।

शुक्रबार काठमाडौँबाट पक्राउ गरेर राति नै लामिछानेलाई पोखरा लगिएको छ । शनिबार अदालत बिदा हुने भएकाले आइतबार मात्रै उनलाई म्याद थपका लागि अदालत लगिने भएको हो।

लामिछानेलाई ठगी र संगठित अपराधमा अनुसन्धान गर्नका लागि शुक्रबार अदालतले पक्राउ गर्न अनुमति दिएको थियो। अदालतको अनुमतिलगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले लामिछानेलाई पार्टी कार्यालय, वनस्थलीबाट पक्राउ गरेको थियो। लामिछानेविरूद्ध संगठित अपराध र सहकारी ठगी कसुरमा अनुसन्धान हुनेछ।

सहकारी बचत रकम अपचलनमा संलग्न देखिएको भन्दै संसदीय छानबिन समितिले लामिछानेलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो।

सहकारी संस्थाको बचत रकम दुरूपयोगसम्बन्धी गठित संसदीय छानबिन समितिले गत भदौ ३१ गते प्रतिनिधि सभामा प्रतिवेदन पेस गरेको थियो। जसमा रवि लामिछानेको संलग्नता देखिएकोले कारबाही सिफारिस गरिएको थियो।

प्रतिवेदनअनुसार विभिन्न सहकारीका रकम गोर्खा मिडियामा आएको थियो। गोर्खा मिडियाको तत्कालीन प्रबन्ध निर्देशक लामिछाने थिए।

प्रतिक्रिया
सम्बन्धित खवर