ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार?

स्थानीय बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघको अनुसार बुधबारको तुलनामा आज प्रतितोला ६ सय रूपैयाँले भाउ बढेको हो।

आजको लागि एक तोला छापावाल सुनको मूल्य ६२ हजार ४ सय तोकिएको छ। बुधबार प्रतितोला ६१ हजार ८ सय रूपैयाँमा किनबेच गरिएको छ।

लगातार बढेपछि सुनको मूल्यले हरेक दिन नयाँ उच्च रेकर्ड कायम गरेको छ। बिहीबारको मूल्य पनि अहिलेसम्मकै उच्च हो।

यस दिन प्रतितोला एक हजार ९५० रूपैयाँमा चाँदी किनबेच गरिने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर