शहरको विकासमा नीजि क्षेत्रलाई सहभागि गराउन सरकार सकारात्मक छ : कार्यवाहक प्रधानमन्त्री सिंह

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले व्यस्थित शहरको विकासमा नीजि क्षेत्रलाई सहभािग गराउन सरकार सकारात्मक रहेको बताउनुभएको छ ।

आइतबार शहरी विकास मन्त्रालयमा नेपाल जग्गा तथा आवास विकास महासंघको टोलीसँगको भेटका क्रममा कार्यवाहक प्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो । महासंघको टोलीले शहरको विकासमा नीजि क्षेत्रलाई पनि सहभागि गराउनुपर्ने माग गरेका थिए ।

‘हामी के चाहन्छौं भने शहरको विकास गर्ने काममा केवल सरकार मात्र होइन की नीजि क्षेत्रलाई पनि सहभागि गराउनुपर्छ । नीजि क्षेत्र पनि मिलेर व्यवस्थित, स्वच्छ र आर्थीक रुपमा चलायमान शहर बनाउन सहकार्य गर्ने कुरामा सरकार सकारात्मक छ,’ कार्यवाहक प्रधानमन्त्री सिंहले भन्नुयो,‘ शहरलाई व्यवस्थित गर्दै लैजाँदा अपार्टमेन्ट, हाउजिङको कन्सेप्टमा देखा परेका कमीकमजोरी पत्ता लगाएर विधि र प्रक्रिया अनुसार छिटो काम गर्न सरकारले प्रयास गरिररहेको छ ।’ महासंघकातर्फबाट अध्यक्ष भेषराज लोहनीले एकीकृत जग्गा तथा आवास विकासका लागि निजीक्षेत्रलाई पनि ‘ल्यान्ड पुलिङ’ गर्न दिने कानूनी व्यवस्थाको आवश्यकता रहेको भन्दै शहरी विकास ऐनमा सो विषय समेट्न आग्रह गर्नुभएको छ । हालसम्म सरकारले मात्रै ल्यान्ड पुलिङ गरेर जग्गा तथा आवास विकास गर्दै आएको छ ।

महासंघले ‘ल्यान्ड पुलिङ’, ‘हाउस पुलिङ’मा नीजि क्षेत्रलाई सहभागि गराउनुपर्ने, अपार्टमेन्ट खरिद गर्न विदेशीलाई २० प्रतिशत सम्म विक्रि गर्न मिल्ने व्यवस्था गर्नुपर्ने र अपार्टमेन्टभित्रको जग्गा अपार्टंमेन्ट विक्रिपछि डेभलपरको नाममा राखन नमिल्ने गरि शहरी ऐनमा प्रबन्ध गर्न माग गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर