नेपालको संबिधान मूलुक कै उत्कृष्ठ संबिधान हो-सांसद माधव सापकोटा

चौतारा । सिन्धुपाल्चोक जिल्लामा  संविधान दिवस तथा राष्ट्रिय दिवसको उपलक्ष्यमा प्रभातफेरी संगै शुभकामना आदनप्रदान कार्यक्रम गरि मनाएको छ । प्रतिनिधी सभा सदस्य माधव सापकोटाको प्रमुख आतित्थ्यतामा उक्त कार्यक्रम गरिएको हो । सो अवसरमा सांसद  सापकोटाले संबिधानमाथि अफवा फैलाउने अतिबादी अराजकताबादीहरुको हावी भएकोले त्यसको पक्षमा नलाग्न सवैलाई आग्रह गरे ।

नेपालको संबिधान मूलुक कै उत्कृष्ठ संबिधान भएको भन्दै उनले कतिपय देशहरुले नेपालबाट सिक्न लायक पक्षहरु रहेको जिकिर गरे । सयौ बर्ष आन्दोलन र संघर्ष गरि प्राप्त भएको संबिधान भएकोले यसको पालना सगै कार्यन्वयन गर्नमा सवैको साथ र सहयोग रहनुपर्नेमा जोड दिए ।

कार्यक्रमममा चौतारा साँगाचोकगढी नगरपालिकाको नगरप्रमुख कृष्णप्रसाद सापकोटाले १० बर्षे जनयुद्ध र जनआन्दोलनको जगमा प्राप्त भएको संबिधान भएकोले कसैको अधिकारहरु कुण्ठित वातावरण कहिल्यै सिर्जना नहोस् भन्ने कामना गरेका थिए ।

नेपालको संबिधान दलित,महिला, पिछडा बर्ग र समुदायको अथक संघर्षको प्रतिफल भएको उपप्रमुख  सीता थापाको तर्क थियो ।कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला नेता बिलबहादुर तामाङ, नेकपा माओवादीका जिल्ला संयोजक गोबिन्द पराजुली र नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवनप्रसाद श्रेष्ठले संधिधानको चर्चा गदै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर