ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा आज (बिहीबार) पनि सुन–चाँदीको मूल्य घटेको छ।

बुधबार प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला आठ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५५ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।

चाँदी बिहीबार प्रतितोला एक हजार आठ सय ८० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर