स्थानीय तहमा उपनिर्वाचन हुँदैछ, जित्ने गरी मेहनत गर्नुपर्छ:महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही समयभित्रै स्थानीय तहका रिक्त ठाउँमा उपनिर्वाचन हुने भएकोले त्यसको तयारी गर्नुपर्ने बताएका छन्।

पार्टीबाट उम्मेदवार भई उत्कृष्ट काम गरेका गाउँपालिका र नगरपालिका प्रमुखलाई सम्मान गर्न सानेपामा बिहीबार आयोजित कार्यक्रममा बोल्दै थापाले चुनावअघि जनतासँग गरिएका बाचा पूरा गरिनुपर्ने बताए।

‘जनतासँग केही बाचा गरेर हामीले यो जिम्मेवारी पाएको हो। त्यसअनुसार जिम्मेवारी पूरा गर्नुपर्छ,’ उनले भने, ‘स्थानीय तहले धेरै राम्रा काम पनि गरेको छ तर प्रचार भइरहेको छैन।’

‘स्थानीय तहमा कांग्रेस प्रतिनिधिले गरेको काम जनतासामु सही ढंगले जानकारी गराउनुपर्छ तर त्यो अभाव देखिन्छ,’ उनले भने, ‘केही  दिनपछि ३४ ठाउँमा निर्वाचन हुँदैछ। तीमध्ये २१ ठाउँ कांग्रेसले जितेको हो त्यो कायम गर्दै थप मेहनत गर्नुपर्छ।’

प्रतिक्रिया
सम्बन्धित खवर