म्युजिक भिडियोमा पृथक पन ल्याउने एक मात्र भिडियो निर्देशक-निरेन श्रेष्ठ 

काठमाडौं -भिडियो निर्देशनमा आफ्नो पृथक पहिचान बनाउन सफल भएका निरेन श्रेष्ठ आशालाग्दा म्युजिक भिडियो निर्देशक हुन् । श्रेष्ठ पछिल्लो समयका ब्यस्त निर्देशकको पंतीमा पर्दछन् ।धैर्यता, लक्ष्य, अठोट र उद्देश्यका साथ आफ्नो काममा मिहेनत गर्ने हो भने कुनै पनि क्षेत्रमा स्थापित हुन सकिने बुझेका निरेन २०५१ सालमा काठमाडौंको बुढानिलकण्ठमा जन्मिएका हुन् । निरेन श्रेष्ठले लोकदोहोरी, आधुनिक, पप, राष्ट्रिय भाव, भजन गरेर पाँचसय भन्दा बढी गीतको भिडियो निर्देशन गरिसकेका छन् ।

गमलामा जाई, बधाई छ, बिहेको रत्यौली, मायाँ बसेसी, घैया मकै, ए साइँली, वरको हाँगो, हे माया, कस्तो मायाजाल, हामि देश बचाउँ, रातो सारीमा, जल्नेको मन जलिरहोस्, भूरुरु उडेको चरी, जानेलाई वाई वाई छ, बालेनको शहर , वई भन्नेलाइ होइ , जाउत भने बाटैमा खोला, पैसा कता जान्छ , रातो भाले खाउ , चिया कफी देउ लगायत अन्य थुप्रै भिडियो चर्चामा रहन सफल भएका छन् ।

उनको कामको प्रशंसा गर्दै बिभिन्न संघसंस्थाले सम्मान गरेको छ । बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित तीज अवार्ड तथा स्रष्टा सम्मान कार्यक्रममा निरेन श्रेष्ठ ‘म्युजिक भिडियो निर्देशक सम्मान २०८१’ बाट सम्मानित भएका छन् ।

राष्ट्रिय लोक सांस्कृतिक संघको आयोजना र चिनारी टाइम्सको सह–आयोजनामा सम्पन्न कार्यक्रममा चर्चित म्युजिक भिडियो निर्देशक निरेन श्रेष्ठलाई सम्मान गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर