एक्कासि घट्यो , यति धेरैले सुनको मुल्य – इतिहासकै ठुलो गिरावट !!

नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य घटेको छ।

बिहीबार प्रतितोला एक सय रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ यसदिन प्रतितोला तीन सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।

चाँदी शुक्रबार प्रतितोला एक हजार आठ सय २० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर