सुनको मूल्यमा पुनः नयाँ रेकर्ड, कतिमा हुदैछ कारोबार ??

नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

आज छापावाला सुनको मूल्य १०० रुपैयाँले बढेर प्रतितोला १ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मुल्य हालसम्मकै उच्च मुल्य हो ।

यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य तोलाको १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर