नयाँ पुस्तामा सभ्यता र शिष्टता नभएको देख्दा दु:ख लाग्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताएका छन्।

सैनिकमञ्च टुँडिखेलमा सोमबार आयोजित गौरा पर्वको कार्यक्रममा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले नेपालीपन भनेको  मेलमिलाप र शान्तिपूर्ण भएपनि  कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको बताए।

प्रधानमन्त्री ओली बोलिरहँदा टुँडिखेलमा जम्मा भएको भीडले नेताहरूविरुद्ध नाराबाजी र होहल्ला गरिरहेको थियो।

 

प्रतिक्रिया
सम्बन्धित खवर