शिक्षा र स्वास्थ्य महँगो भयो, सरकारले ध्यान दिओस् : शेखर कोइराला

 नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले स्वास्थ्य सेवा जनताको पहुँचबाट टाढा भएको बताएका छन् । सुनकोशी इन्द्रावती समाज सिन्धुपाल्चोकले महाराजगञ्जमा मंगलबार आयोजना गरेको सम्मान तथा कदरपत्र वितरण कार्यक्रममा बोल्दै  सरकारी अस्पतालहरूमा समेत जनताले सेवा लिन नसक्ने भएको उनले बताए ।

‘आइओम (टिचिङ), वीर अस्पतालमा समेत जनताले पैसा तिरेर उपचार गर्न सक्ने अवस्था छैन’, उनले भने, ‘अन्य निजी अस्पतालबाट झन जनताले कसरी सेवा लिनु ।’

‘स्वास्थ्य प्रणालीलाई सरल र सहज कसरी बनाउन सकिन्छ त्यतातिर ध्यान दिनुपर्छ,’ उनले अगाडि थपे,’ ‘स्वास्थ्य शिक्षा पनि सर्वसाधारणको पहुँचबाट टाढा रह्‍यो । अहिले सरकारी शैक्षिक संस्थामा पैसा नभए पढ्नै नसक्ने अवस्था छ ।’

कार्यक्रममा ४७ जना चिकित्सकलाई सम्मानित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर